चितवन विशेष

स्वर्गीय तिमल्सेनाको स्मृतिमा फलफूल वितरण, लामिछानेले एक महिनाको तलब सहयोग गर्ने

Banner

चितवन, माघ १२–

सामुदायिक रेडियो देवघाट र रेडियोका संस्थापक अध्यक्ष स्वर्गीय भक्तिप्रसाद तिमल्सेनाका परिवारले सोमबार देवघाट गाउँपालिकामा फलफूल वितरण गरेको छ ।

रेडियोका संस्थापक अध्यक्ष तिमल्सेनाको स्मृतिमा देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रम र देवघाट समाज कल्याणमा रहेका वृद्धवृद्धाहरुलाई फलफूल वितरण गरिएको रेडियोका स्टेशन मेनेजर सुवास लामिछानेले जानकारी दिए । फलफूल वितरण कार्यक्रममा बोल्दै देवघाट गाउँपालिकाकी उपाध्यक्ष विमला थापाले स्वर्गीय तिमल्सेनाले सामाजिकसँगै, राजनैतिक र शिक्षा क्षेत्रमा पु¥याएको योगदानलाई स्मरण गरिन् । तिमल्सेनाले सञ्चार क्षेत्रमा गरेको परिवर्तनलाई रेडियोले निरन्तरता दिनुपर्नेमा उनले जोड दिइन् ।

सोही कार्यक्रममा नेपाली काँग्रेस देवघाट गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर गुरुङ्गले स्वर्गीय तिमल्सेनाले देखाएको बाटोमा अघि बढ्ने प्रण गरे । गुरुङ्गले फलफूल वितरण गर्ने संस्था रेडियो र तिमल्सेनाको परिवारलाई धन्यवाद ज्ञापन गरे ।

सोही कार्यक्रममा रेडियो देवघाटका स्टेशन मेनेजर सुवास लामिछानेले स्वर्गीय तिमल्सेनाको वार्षिक तिथिमा आफ्नो एक महिना बराबरको पारिश्रमिक रकम गलेश्वर आश्रम र समाज कल्याण वृद्दाश्राममा सहयोग गर्ने घोषणा गरे ।

कार्यक्रममा गलेश्वर आश्रम देवघाटका महामण्डलेश्वर पिठाधिस स्वामी आत्मानन्द गिरी, देवघाट गाउँपालिका–४ का वडाध्यक्ष पदम बहादुर गुरुङ्ग, देवघाट क्षेत्र विकास समितिका सूचना अधिकारी पुष्पराज पौडेल, रेडियो देवघाटका बजार प्रवन्धक गोपाल चन्द्र न्यौपाने लगायतको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>