मनोरञ्जन

टेलिफिल्म ‘कलेज लभ’ को ट्रेलर सार्वजनिक

Banner

चितवन, माघ १२-

चलचित्र निर्देशक राजबहादुर साने निर्देशित टेलिश्रृंखला तथा वेभसिरिज ‘कलेज लभ’ को टे«लर सोमबार सार्वजनिक गरिएको छ ।

प्राइम टेलिभिजनमा माघ २९ देखि हरेक बिहीबार राति ९ बजे प्रसारण हुने ‘कलेज लभ’ युट्युबमा चाहिँ केके प्रोडक्सन हाउसमार्फत् प्रसारण गर्न लागिएको हो ।
सार्वजनिक ट्रेलरमा कलेजमा हुने गरेको आकर्षण, प्रेम, करिअरप्रतिको चिन्तालगायतका विविध विषय प्रस्तुत गरिएको छ । टेलिश्रृंखलामा सुशील पोखरेल, हिउँवाला गौतम, प्रिया रिजाल, सुजल बम, शिशिर राणा, नविन केसी, सयुज राई, पवन भट्टराई, शुभम गौतम, टेक बम, मुस्कान बुढाथोकी, विवश थापा, स्नेहा मगर, पूजा दर्नाल, अमृता थापा, आशा राई, सारा नेपाली, आकाश थापा, विष्णु श्रेष्ठलगायतका कलाकारको अभिनय रहेको छ ।

कुमार केसीको प्रस्तुत रहेको टेलिश्रृंखलालाई दिब्य सुवेदी र वीरेन्द्र परियारले खिचेका हुन् भने तारा थापा (किम्भे) ले सम्पादन गरेका हुन् । लेखक समेत रहेका निर्देशक साने ‘कलेज लभ’ ले कलेज युवायुवतीको सोच,शैली, प्रेमप्रतिको आशक्ति तथा करिअर प्रतिको चिन्तनलगायतका विभिन्न विषयलाई मनोरन्जनात्मक तवरले एकीकृत रुपमा प्रस्तुत हुने दाबी गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>