Breaking News

निर्वाचन आयोगले नमानेर के भो घुमिफिरी मै अध्यक्ष हुन्छुः माधव नेपाल

Banner

काठमाडौं,माघ १२-

पार्टी विभाजनसम्बन्धी निर्वाचन आयोगको आइतबारको निर्णयपछि नेकपाका दुवै पक्षले आआफ्नो अनुकूलतमा व्याख्या गरिरहेका छन् । ओली पक्षले आफूहरूको जित भइरहेको बताएको छ भने प्रचण्ड(माधव पक्षले पनि आफूहरूको पक्षमा निर्णय भएको व्याख्या गरेको छ । सोमबार पेरिसडाँडास्थित कार्यालयमा ओजित एक कार्यक्रमा प्रचण्डमाधव पक्षका अध्यक्ष माधवकुमार नेपाल आयोगको निर्णयप्रति उत्साहित देखिए । ठट्यौली शैलीमा प्रस्तुत भएका उनले आयोगले आफूलाई अध्यक्ष नमानेको भए पनि जित आफ्नै भएको दाबी गरे ।

‘निर्वाचन आयोगले पत्रमा लेखेको छ, ४४१ लाई आधार मान्छौं,’ नेपालले भने, ‘त्यो ४५ लाई आधार मान्छौं । दुई अध्यक्षलाई मान्छौं पनि भनेको छ । (हाँस्दै) माधव नेपाललाई मान्दिन पनि भनेको छ । तर, केही भएको छैन । कमरेड प्रचण्डलाई मान्छु भनेपछि उहाँको आधिकारिता रह्यो ।’

दुई अध्यक्ष हुने व्यवस्था पार्टीमा रहेको भन्दै नेपालले निर्वाचन आयोगले नमानेपनि घुमिफिरी आफू पुनः अध्यक्ष हुने तर्क गरे। ‘दुई अध्यक्ष हुनेछ भनेर लेखेको हुनाले घुमिफिरी म त आउने नै भएँ ,’ उनको भनाइ थियो, ‘केपी ओलीजी केही चान्स छैन तपाईंको ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>