Breaking News

नेपाल कै दोस्रो लामो पुल प्रधानमन्त्री ओलीद्धारा उद्घाटन

Banner

दाङ,माघ १२-

प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको लहर चलिरहेकाले देशलाई अगाडि बढ्न कसैले नरोक्ने बताएका छन्। सोमबार राप्ती नदीमा रहेको नेपाल कै दोस्रो लामो दाङको पुलको उद्घाटन कार्यक्रममा उनले देशमा सुशासन र विकासलाई प्रत्याभूत गर्दै अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरे। उनले अहिले देशमा विकासको लहर चलिरहेको उल्लेख गर्दै कोभिड १९ ले पनि विकास निर्माणमा रोक्न नसकेको दाबी गरे। प्रधानमन्त्री ओलीले केही प्रतिकूलता भए पनि त्यसलाई चिरेर अगाडि बढेको बताए। जसको उदाहरण यही पुल समय मै निर्माण हुनु पनि एक भएको दृष्टान्त पेश गरे।

प्रधानमन्त्री ओलीले दाङमा लुम्बिनी प्रदेशको राजधानी बन्न लागेको र जसका लागि उक्त पुल महत्त्वपूर्ण रहेको बताए। उनले यही ठाउँमा नमुना कलात्मक सिग्नेचर पुल निर्माण हुन लागेको बताउँदै त्यस पुल विकासको नमुना हुने समेत बताए।

राप्ती गाउँपालिका र गढवा गाउँपालिका जोड्ने राप्ती नदीमा २०७३ मंसिर २२ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुल शिलान्यास गरेका थिए। राप्ती गाउँपालिकाको छोट्की सिसहनियाँ र गढवा गाउँपालिकाको महदेवा जोड्ने पुलको लम्बाई ८६० मिटर छ। चौडाइ साढे १० मिटर छ। उक्त पुल करिब एक अर्ब रुपैयाँ लागतमा निर्माण भएको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>