Breaking News

ओली प्रतिक्रान्तिकारी भइसके, कलंकको टीका लगाइसके: प्रचण्ड

Banner

काठमाडौं, माघ १२ –

नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिक्रान्तिकारी भइसकेको र कलंकको टीका लगाइसके आरोप लगाएका छन् । प्रचण्डले सोमबार प्रदेश २ का नेता–कार्यकर्तालाई सम्बोधन गर्दै यस्तो भनेका हुन । उनले भने, ‘पञ्चहरुले पनि आफ्नो शासन ढल्नेढल्ने बेलामा कर्मचारी, पुलिसलाई आउनैपर्छ भनेर बोलाउने तथा पैसा दिएर मान्छे ल्याएर सभाहरु गर्ने गरेको समेत आरोप लगाएका छन् ।

प्रचण्डले भने, ‘केपीहरुले गर्ने (सभा) ठूलो भएपनि के सानो भए पनि केपी ओली प्रतिक्रान्तिकारी भइसके, कलंकको टीका लगाइसके ।’

प्रचण्डले ओली समूहले गर्ने भनिएको सभा पञ्च र्‍यालीभन्दा फरक नहुने समेत बताएका छन् । उनले आफूहरुको सभापछि प्रधानमन्त्री  ओलीले साँचो सभा हामी गर्छौं भनेको सुनाए । उनले भने, ‘केपीले जत्रो (सभा)गरेपनि पञ्च र्‍याली भन्दा फरक हुने छैन ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>