चितवन विशेष
विप्लव निकट अखिल क्रान्तिकारी चितवनका सचिवालय सदस्य पक्राउ
०

चितवन,माघ १२-
सरकारद्धारा प्रतिबन्ध लगाइएका विप्लव समूह निकट अखिल क्रान्तिकारी चितवनका सचिवालय सदस्य तथा भरतपुर महानगर संयोजक सुमन श्रेष्ठ सम्राटलाई चितवन प्रहरीले पक्राउ गरेको छ । उनलाई शुक्रबार साँझ पक्राउ गरेको प्रहरीले जनाएको छ ।
विप्लव समुहले १० गते आब्हान गरेको नेपाल बन्दको पूर्वसन्ध्यामा समाजमा त्रास र भय उत्पन्न गराउने गतिविधि गरेको भन्दै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख नान्तिराज गुरुङले जानकारी दिनुभयो । श्रेष्ठलाई भरतपुरको सप्तगण्डकी चोकबाट पक्राउ गरिएको हो । उनिमाथि म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























