Breaking News

निर्वाचन आयोगले नेकपा विवाद आजै रातिसम्म टुंगो लगाउने

Banner

काठमाडौं,माघ ११-

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विवादबारे निर्वाचन आयोगले आजै रातिसम्म टुंगो लगाउने तयारी गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संक्षिप्त कुरा गर्दै यस्तो जानकारी गराएका हुन् । उनले भने, “बैठक बस्दैछौँ, राति ११ बजेसम्म भए पनि नेकपा विवाद आजै टुंगो लगाउछौँ ।”

पुस ५ गते सरकारले प्रतिनिधिसभा विघटन गर्दै नयाँ निर्वाचनको घोषणा गरेपछि प्रथम अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको फरक खेमामा नेकपा राजनीतिक रुपले विभाजित भएको छ। सरकारले वैशाख १७ र २७ गते गरी दुई चरणमा मध्यावधि निर्वाचन गर्ने तयारी थालिसकेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>