Breaking News

भरतपुरका दुई ठाउँमा भेटिएको शंकास्पद वस्तु इँटा र बोत्तल

Banner

चितवन, माघ १०-

भरतपुरको दुई ठाउँमा आज दिउँसो फेला परेको शंकास्पद वस्तु इँटा र बोत्तल रहेको प्रहरीले जनाएको छ ।

भरतपुरको आँखा अस्पताल अगाडि बाइपास सडक र आँपटारीबाट रामनगर जाने सडकमा सो शंकास्पद वस्तु फेला परेको थियो । शंकास्पद वस्तु बम भएको आशंकामा नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गर्दा इँटा र बोत्तल फेला परेको चितवन प्रहरीका प्रवक्ता डीएसपी सूर्य थापाले नारायणी अनलाइनलाई जानकारी दिए । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेपाल बन्दको घोषणा गरी नागरिकलाई त्रासमा राख्न शंकास्पद वस्तु राखेको हुनसक्ने प्रहरीले जनाएको छ । बमको आशंकामा प्रहरीले सो क्षेत्रमा सवारी साधन आवतजावत गर्न दिएको थिएन ।

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले शनिबार आह्वान गरेको नेपाल बन्दको प्रभाव चितवनमा सामान्य देखिएको छ । चितवन प्रहरीका प्रवक्ता थापाले बन्दको प्रभाव खासै नदेखिएको जानकारी दिए । उनले भने, ‘ भरतपुरको दुई ठाउँमा शंकास्पद वस्तु राख्नु र गितानगरमा ट्रकमा ढुंगा हान्नु भन्दा बाहेक अन्य घटना चितवनमा केही भएनन् । जनजीवन सामान्य रह्यो । शनिबार सार्वजनिक बिदाको दिन भए पनि सवारीसाधन पहिलेजस्तै नै सडकमा गुडेका देखिन्थे ।’ विप्लव नेतृत्वको नेकपाले पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलालाई पक्राउ गरेको विरोधमा शनिबार नेपाल बन्दको आह्वान गरेको थियो।
फाइल फोटो

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>