Breaking News

चितवनमा नेकपा(ओली समूह) को सम्पर्क कार्यालय स्थापना, पूर्वएमाले कार्यालयमा प्रहरीको सुरक्षा

Banner

चितवन, माघ १०-

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षको आजबाट भरतपुरमा सम्पर्क कार्यालय सञ्चालनमा आएको छ ।

भरतपुरको रिजाल चोकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला कमिटी चितवनको सम्पर्क कार्यालय स्थापना गरी काम थालिएको नेकपा केन्द्रीय सदस्य तथा जिल्ला पार्टी कार्यालय व्यवस्थापन संयोजक पार्वती रावलले नारायणी अनलाइनलाई जानकारी दिइन् । निर्वाचन आयोगले आधिकारिता नदिँदाका लागि अस्थायी रूपमा आफ्नो पार्टीले कार्यालय सञ्चालन गरेको र आयोगको निर्णय अनुसार स्थायी कार्यालय सञ्चालन गरिने केन्द्रीय सदस्य रावलले बताइन् ।

नेकपाको पार्टी विवाद सँगसँगै भरतपुर मदननगर स्थित पार्टी कार्यालय (साबिक नेकपा एमालेको पार्टी कार्यालय ) बन्द गरिएको छ । सो कार्यालय हाल प्रहरीले सुरक्षा दिइरहेको छ । त्यस्तै प्रचण्ड–माधव समूहले भने साबिक माओवादी केन्द्रको कृष्णपुर स्थित कार्यालयबाट पार्टीको काम गरिरहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>