चितवन विशेष
भरतपुरको दुई ठाउँमा भेटियो शंकास्पद वस्तु, सेनाद्वारा डिस्पोजको तयारी
०

भरतपुर, माघ १० –
भरतपुरको दुृई ठाउँमा शंकास्पद वस्तु फेला परेको छ । भरतपुरको आँखा अस्पताल अगाडि बाइपास सडक र आँपटारीबाट रामनगर जाने सडकमा शंकास्पद वस्तु फेला परेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले शंकास्पद वस्तु राखेको हुनसक्ने जनाएको छ ।
शंकास्पद वस्तु बम भएको आशंकामा नेपाली सेनााको डिस्पोजल टोलीले डिस्पोजको लागि घटनास्थल तर्फ जादै गरेको डीएसपी सूर्यबहादुर थापाले जानकारी दिए । हाल सो क्षेत्रमा सवारी साधन आवतजावत गर्न दिइएको छैन ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























