चितवन विशेष
भरतपुरको गीतानगरमा ग¥यो अज्ञात समूहले ट्रकमा तोडफोड
०

भरतपुर, माघ १० –
अज्ञात समूहले भरतपुरको गीतानगरमा एउटा ट्रकमा तोडफोड गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अज्ञात समूहले ना५ख ३८६३ नम्बरको ट्रकमा तोडफोड गरेका हुन् । मोटरसाइकलमा जाँदै गरेका व्यक्तिले ढुङ्गा प्रहार गरेर भागेको चितवन प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए ।
तोडफोड गर्ने व्यक्ति विप्लव समूहका हो\होइन भन्ने नखुलेको थापाले बताए । ढुङ्गा प्रहारबाट ट्रकको अगाडिको सिसा फुटेको छ । अज्ञात समूहको खोजी कार्य भईरहेको प्रहरीले जनाएकोे छ ।
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज देशभर बन्दको आह्वान गरेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























