Breaking News
विप्लवको नेपाल बन्दः चितवनमा प्रभाव न्यून
०

चितवन,माघ १०-
नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको खासै प्रभाव देखिएको छैन । चितवनलगायत देशका मुख्य सहरबजार नियमितझैं खुलेका छन् । सवारीसाधनको आवागमनमा पनि खासै प्रभाव परेको छैन । यद्यपि, अघिपछि भन्दा भरतपुर र नारायणगढमा केही कम सवारीसाधन गुडेका छन् ।
काभ्रेपलान्चोकको बनेपामा बम भेटिएपछि भने त्रास बढेको छ । र, त्यहाँको बजार र सवारीसाधनसँगै नागरिकको दैनिकी प्रभावित भएको छ । विप्लव नेतृत्वको नेकपाले आफ्ना पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला पक्राउ परेको विरोधमा आज नेपाल बन्दको आह्वान गरेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























