Breaking News

प्रचण्डसँगको भेटपछि बाबुरामले भनेः एक्लाएक्लै जनप्रदर्शन राम्रै देखिएन

Banner

काठमाडौं,माघ १०-

जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा विघटन विरुद्ध दलहरुको एक्लाएक्लै जनप्रदर्शन राम्रै नदेखिएको बताएका छन् । शुक्रबार साझ ट्वीट गर्दै उनले प्रधानमन्त्री केपी ओलीको संसद विघटन निर्णयविरुद्ध नेपाली काँग्रेस प्रचण्ड माधव नेकपा र जसपाको एक्लाएक्लै जनप्रदर्शन राम्रै नदेखिएको बताए ।

शुक्रबार साझ नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि भट्टराईले एक्लाएक्लै खाल्डामा जाकिने कि संयुक्त संघर्षको डुंगा चड्ने भनेर नेताहरुलाई प्रश्न गरेका छन् ।आम जनताको वितृष्णा, भूराजनीतिक जटीलता र प्रतिगमनकारीको भित्रीबाहिरी सेटिंगलाई कम नआँकन उनको आग्रह छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>