Breaking News

खैरहनी १३ का वडाध्यक्ष उप्रेतीको निधन

Banner

चितवन, माघ ९–

चितवनको खैरहनी नगरपालिका–१३ का वडा अध्यक्ष बालकुमार उप्रेतीको आज (शुक्रबार) सांझ निधन भएको छ ।

प्रेसर लो भएर अस्पतालमा उपचाररत उनको सांझ पौने ८ बजेतिर निधन भएको हो । प्रेसर लो भइ चितवन मेडिकल कलेजमा उपचारका क्रममा स्वास्थ्यमा सुधार भए पनि सांझ खाना खाने क्रममा सर्किएर निधन भएको खैरहनी १२ का वडा अध्यक्ष टिकाराम तिमल्सिनाले जानकारी दिए । प्रेसर लो भएर उनी बेहोस भएपछि अस्पताल लगिएको थियो ।

स्वर्गीय उप्रेती मुटुको समस्याबाट पनि पिडित थिए । स्थानीय तहको निर्वाचनमा ५६ वर्षीयउप्रेती नेपाली काङ्ग्रेसबाट निर्वाचित भएका थिए । उप्रेतीका श्रीमति , तिन छोरा छन् । उप्रेतीको भोलि (शनिबार) अन्तिम दाहसंस्कार गरिने जनाइएको छ ।

वडा अध्यक्ष उप्रेतीको निधन प्रती नगर प्रमुख लालमणी चौधरीले दुःख व्यक्त गर्दै भोलि शनिबारका लागि तय भएको आठौं नगर सभा अर्को सूचना जारी नभए सम्मका लागि स्थगित भएको जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>