Breaking News

शक्ति प्रदर्शनमा उत्रिदै प्रचण्ड–माधव समूह, आज एक लाख बढी कार्यकर्ता उतार्ने दावी

Banner

काठमाडौं, माघ ९–

असंवैधानिक संसद विघटन भएको भन्दै चरणवद्ध आन्दोलनमा उत्रिएको नेकपा (प्रचण्ड–माधव) समूहले आज (शुक्रबार) काठमाडौंमा वृहत शक्ति प्रदर्शन गर्दैछ । भृकुटीमण्डपमा हुने शक्ति प्रदर्शनमा

काठमाडौं उपत्यकाका वरिपरिका जिल्लाबाटसमेत कार्यकर्ता उतार्दैछ । जसमा एक लाख बढी कार्यकर्ता सहभागि हुने सो समूहको दाबी छ ।

सो समूहले शुक्रबार बिहान ११ बजे काठमाडौं र ललितपुरका बिभिन्न ९ स्थानबाट जुलुस निकाल्दै छ । सो समूहका अनुसार माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिबाटिका लगायतका स्थानबाट जुलुस निस्किने छन् ।

बिभिन्न स्थानबाट निस्किने जुलुस रत्नपार्कमा जम्मा भइ मूल जुलुसमा परिणत हुनेछ । सो मूल जुलुस रत्नपार्क, बागबजार, पुतलीसडक, प्रदर्शनीमार्ग, भद्रकाली, सहिदगेट, सुन्धारा, भोटाहिटी, पुरानो बसपार्क हुँदै भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुने संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठ (प्रकाश) ले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>