Breaking News

शक्ति प्रदर्शनमा उत्रिदै प्रचण्ड–माधव समूह, आज एक लाख बढी कार्यकर्ता उतार्ने दावी

०
Banner

काठमाडौं, माघ ९–

असंवैधानिक संसद विघटन भएको भन्दै चरणवद्ध आन्दोलनमा उत्रिएको नेकपा (प्रचण्ड–माधव) समूहले आज (शुक्रबार) काठमाडौंमा वृहत शक्ति प्रदर्शन गर्दैछ । भृकुटीमण्डपमा हुने शक्ति प्रदर्शनमा

काठमाडौं उपत्यकाका वरिपरिका जिल्लाबाटसमेत कार्यकर्ता उतार्दैछ । जसमा एक लाख बढी कार्यकर्ता सहभागि हुने सो समूहको दाबी छ ।

सो समूहले शुक्रबार बिहान ११ बजे काठमाडौं र ललितपुरका बिभिन्न ९ स्थानबाट जुलुस निकाल्दै छ । सो समूहका अनुसार माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिबाटिका लगायतका स्थानबाट जुलुस निस्किने छन् ।

बिभिन्न स्थानबाट निस्किने जुलुस रत्नपार्कमा जम्मा भइ मूल जुलुसमा परिणत हुनेछ । सो मूल जुलुस रत्नपार्क, बागबजार, पुतलीसडक, प्रदर्शनीमार्ग, भद्रकाली, सहिदगेट, सुन्धारा, भोटाहिटी, पुरानो बसपार्क हुँदै भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुने संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठ (प्रकाश) ले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>