चितवन विशेष

नेकपाले देश बनाउँदैन, देश खान्छः कार्की

Banner

चितवन, माघ ८–

नेपाली काँग्रेस चितवनका सह–सचिव राजन कार्कीले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले देश बनाउने नभई देशलाई झनै बिगार्ने मात्रै काम गर्ने आरोप लगाएका छन् ।

काँग्रेस भरतपुर महानगरपालिका–११ वडा कमिटीले बिहीबार गरेको विरोध प्रदर्शन कार्यक्रममा बोल्दै युवा नेता कार्कीले नेकपाको गतिविधि सारा जनताले थाहा पाइसकेको भन्दै बेलैमा जनताले सबक सिकाउनुपर्ने बताए । ‘सारा जनताले बुझिसकेका छन्, नेकपा भनेको गुट हो, यस्ताले देश बनाउँदैन, देश खान्छ’–नेता कार्कीले भने । उनले दुई कम्युनिष्ट पार्टी मिल्दाखेरी नै काग र बकुल्ला एक हुन नसक्ने बारे जनताले थाहा पाइसकेको भन्दै पछिल्लो लडाईले पुष्टि गरेको बताए । स्वार्थका लागि मात्रै दुई कम्युनिष्ट एक भएको भन्दै नेता कार्कीले ‘विचारले होइन स्वार्थले मिलेका थिए, अहिले कुर्ची र पदका लागि फरक–फरक हुन थाले ।’

उनले नेपाली काँग्रेसले नेकपाका नेताहरुको बिरोध गर्नै नपर्ने अवस्था आएको भन्दै एउटै पार्टीका नेताहरुले एकअर्कालाई विरोध गर्न थालेको बताए ।

कार्यक्रममा जिल्ला प्रतिनिध देवकी गौतमले केपी ओली नेतृत्वको सरकारले जनतासंग गरेको बाचा पुरा गर्न नसकेको भन्दै झुटो आश्वासनमा नफस्न सबैमा आग्रह गरिन् ।

वडा सभापति अम्मर बहादुर लामाको अध्यक्षतामा भएको कार्यक्रममा उपसभापति महेश्वर ढकाल, नेता ज्ञानेन्द्र गिरीलगायतले सम्बोधन गरेको युवा नेता राजेश भुषालले जानकारी दिए । विरोधसभा विभिन्न स्थानमा र्‍याली निकालिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>