चितवन विशेष

नारायणगढबाट १० सडक मानवको उद्धार

Banner

चितवन, माघ ८-

नारायणगढबाट १० जना सडक मानवहरुको उद्दार गरिएको छ ।

मानवका लागि मानव सहयोगी केन्द्र (सभ्यताको घर) को टिमले बुधबार राति उनीहरुलाई उद्दार गरेको हो ।

नारायणगढका विभिन्न स्थानमा सडकमा सुतिरहेका ६ महिला र ४ पुरुषलाई मानिसहरुलाई उद्दार गरिएको सहयोगी केन्द्रकी अध्यक्ष सिता कुँवरले जानकारी दिइन् । उद्दार गरेर उनीहरुलाई आश्रम लगिएको छ । भरतपुर महानगर–१ ठिमुरा केन्द्रको आश्रम रहेको छ । बेसाहारा तथा बेवारिसे सडक मानवहरु राख्नका लागि भनेर ठिमुरामा आश्रम बनाइएको कुँवरले बताइन् ।

उद्दार कार्यलाई एक हप्तासम्म अभियानकै रुपमा निरन्तरता दिइने कुँवरको भनाइ छ । उद्धार कार्यमा नेपाल प्रहरी, पत्रकारलगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>