Breaking News
ओलीले प्रचण्डलाई भने: मतपत्र च्यातेर छोरीलाई मेयर बनायौ, योद्धाका छोराछोरीको बिजोग बनायौ

काठमाडौं, माघ ८-
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नी छोरीलाई मेयर बनाउन प्रचण्डले मतपत्र च्याते पनि पार्टीमा लडेका योद्धाको छोराछोरीको बिजोग बनाएको आरोप लगाएका छन् ।
प्रेस संगठन नेपालको भेलालाई बिहीबार काठमाडौंमा सम्बोधन गर्दै ओलीले परिवारवाद र नातावादको कुरा गर्दा आफूलाई केपी ओलीका छोराछोरी छैनन् भनेर प्रचण्डले जवाफ दिएको भन्दै कटाक्ष गरेका हुन् ।
उनले कार्यक्रममा भने, ‘केपीका छोराछोरी छैनन्, मेरा त छोरी छन्, ज्वाइँ छन् हेर्नै प¥यो । छोरीलाई मेयर बनाउनै पर्यो , मतले नपुगे मतपत्र च्यात्नै पर्यो । ज्वाइँलाई घरघडेरी किन्दिनै पर्यो ।’ ओलीले आफूले देशका सबै केटाकेटीलाई आफ्नै सन्तान मानेको भन्दै ओलीले आफू निसन्तान हुनुमा हर्ष वा विस्मात नरहेको बताए । तर, प्रचण्डलाई त्यो ठाउँमा पुर्याउने योद्धाहरुका छोराछोरी कहाँ छन् ? भनेर प्रश्न गर्दै ओलीले ज्यान दिने बेला आफ्ना छोराछोरी विदेशमा राखेको टिप्पणी गरे । प्रधानमन्त्रीले भने, ‘उहाँलाई त्यो ठाउँमा पुर्याउने योद्धाहरुका छोराछोरी छन् कि छैनन् ? उनीहरुका ज्वाई छन् कि छैनन् ? ज्यान दिने बेला जनताका छोराछोरी चाहियो, लड्ने बेला आफ्ना छोराछोरी विदेशमा राख्ने अनि तर मार्ने बेला मेरा त छोराछोरी छन् भन्ने ? जनताका छोराछोरी खेलाउने पुतली हन् ? उनीहरुको अवस्था के छ ?
आफू निसन्तान हुनुमा हिनताबोध नभएको तर प्रचण्डले आफ्ना छोरीज्वाइँलाई अवसर दिएर आफ्नो आह्वानमा जीवन दिने योद्धाका छोराछोरीको बिजोग बनाएको आरोप लगाएका छन् ।
























