Breaking News

अमेरिकी राष्ट्रपति बाइडेनले लिए सपथ

Banner

अमेरिका, माघ ७–

अमेरिकी राष्ट्रपति जो बाइडेनले सपथ ग्रहण गरेका छन् ।

गत नोभेम्बर ३ मा भएको राष्ट्रपति निर्वाचनमा रिपब्लीकन पार्टीका डोनाल्ड ट्रम्पलाई हराएका डेमोक्रेट उम्मेदवार बाइडेनले आज शपथ लिएका हुन्। उनलाई सर्वोच्च अदालतका न्यायाधीश जन रोबर्ट्सले सपथ ग्रहण गराएका छन्।

कमला ह्यारिसले जो बाइडनसँगै उपराष्ट्रपति पदको सपथ लिएकी छन्। उनी उक्त पद निर्वाचित प्रथम महिला हुन्। उनलाई सर्वोच्च अदालतकी न्यायाधीश सोनिया सोटोमेअरले सपथ ग्रहण गराएकी थिइन्।

योसँगै ७७ वर्षीय बाइडेनले सबभन्दा पाको उमेरमा राष्ट्रपति निर्वाचित हुने रेकर्ड पनि तोडेका छन्।

आजैदेखि उनले अमेरिकाको ४६औं राष्ट्रपतिका रूपमा कार्यभार सम्हाल्नेछन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>