चितवन विशेष

वरिष्ठ समाजसेवी पौडेल बीसहजार जेसीजको मानार्थ सदस्य

Banner

चितवन, माघ ७–

चितवनका वरिष्ठ समाजसेवी एवंम् युवा नेता टंकनाथ पौडेल बीसहजार जेसीजको मानार्थ सदस्य बनेका छन् ।

बीसहजार जेसीजले १८ औं पदस्थापन तथा पद हस्तान्तरणको अवसर पारेर समाजसेवी पौडेललाई मानार्थ सदस्यता पत्र प्रदान गरेको हो । स्थानीय तहमा सामाजिक कार्यहरुमा उत्कृष्ट भूमिका खेल्ने युवा नेतृत्वदायी व्यक्तित्वहरुलाई मानार्थ सदस्य दिन पाउने संस्थाको विधान बमोजिम वरिष्ठ समाजसेवी पौडेललाई मानार्थ सदस्यता प्रदान गरिएको बीसहजार जेसीज वर्ष २०२० का अध्यक्ष रेशमराज पौडेलले जानकारी दिए ।

समाजसेवी पौडेल हाल मैयाँदेवि कन्या कलेजका अध्यक्ष हुन् भने देवघाट क्षेत्र विकास समितिको कार्यकारी निर्देशक हुँदै अध्यक्षको भूमिका निर्वाह गरि सकेका छन् । उनी विभिन्न सामाजिक संस्थामा रहेर र व्यक्तिगत रुपमा समाजप्रति सदैव सेवाभावले सहयोग गर्दै आइरहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>