Breaking News

प्रधानन्यायाधीश राणाको इजलाशमा प्रश्न: विश्वासको मत नपाए संसद विघटन गर्न सक्दैन ?

Banner

काठमाडौं, माघ ७-

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा संवैधानिक इजलासमा जारी छलफलमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले बहुमत रहेको पार्टीले सरकारमा विश्वासको मत पाएन भने विघटन गर्न सक्दैन? भन्ने प्रश्न गरेका छन् ।

उनले वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीलाई उक्त प्रश्न गरेका हुन्। जवाफमा वरिष्ठ अधिवक्ता ज्ञवालीले संसद् विघटनमा संविधानको सिद्धान्तअनुसार व्याख्या गर्नुपर्ने बताए । तर, उनले प्रधानन्यायाधीशको प्रश्नको स्पष्ट जवाफ भने दिएनन् । इजलासले आधा घण्टा समय दिए पनि उनले थप समय माग्दै एक घण्टा बहस गरे । अर्का वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले बहस गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>