Breaking News

ओलीले मलाई र प्रचण्डलाई जेलमा कोच्ने योजना बनाएका थिए,ललिता निवास प्रकरण त्यहीँ योजना होः नेता नेपाल

Banner

काठमाडौं,माघ ७-

विभाजित नेकपाका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो नम्वरमा आफुलाई जेलमा कोच्ने योजना बनाएको बताएका छन । उनले आफुसंगै प्रचण्डलाई पनि विभिन्न काण्डमा जेल कोच्ने योजना बनाएको बताए । ललिता निवास प्रकरण त्यहीँको योजनाबाट थियो,उनले भने ।

२०७१ सालमा केपी ओली अध्यक्ष भएपछि एमालेको ओरालो यात्रा शुरू भएको बताए । सम्पादहरुसँगको अन्तरक्रियामा नेपालले भनेः ‘हाम्रो त बिजोग भो । ओलीबाट धेरै पीडा पाइयो । मनको बह कसलाई कह भनेर बसेका थियौं ।’ ओलीले पार्टी एकताको प्रस्ताव ल्याउँदा राहत महसुस गरे पनि पुनः विधि मिच्न थालेको उनको दुःखेसो थियो । ‘ केपीले बैठकमा एकताको प्रस्ताव ल्याएपछि ओलीको पेलान र प्रवृतिबाट मुक्ति पाइने भयो भनेर ठूलो राहत महसुस भयो । तर, एकतापछि फेरि विधि मिच्न थालियो। अस्पतालमा बैठक बोलाइयो, बालकोटमा बैठक बोलाउने काम भो अहिले हामी ओलीबाट मुक्त भएका छौँ’, नेपालले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>