चितवन विशेष

आर्थिक सहयोग गर्दै नारायणगढ लायन्सले मनायो ३९औं स्थापना दिवस

Banner

चितवन, माघ ६–

चितवनकै जेठो क्लव नारायणगढ लायन्स क्लवले आर्थिक सहयोग गरेर स्थापना दिवस मनाएको छ ।

३९ औं स्थापना दिवसको अवसर पारेर नेत्र ज्योति संघ, चितवनद्धारा संचालित भरतपुर आँखा अस्पताललाई ५१ हजार रुपैयाँ आर्थिक सहयोग गर्दै क्लवले स्थापना दिवस मनाएको हो । सोमबार एक कार्यक्रमकाबीच प्रमुख अतिथि पूर्व डिष्ट्रिक्ट गर्भनर एवंम नारायणगढ लायन्सका संस्थापक सचिव लायन प्रभात कुमार जोशीले नेत्रज्योति संघ, चितवनका अध्यक्ष कृष्णराज धरेल र भरतपुर आँखा अस्पतालका चिफ मेडिकल डाइरेक्टर रघुनन्दन बेञ्जुलाई सहयोग रकम ५१ हजार रुपैयाँ हस्तान्तरण गरे ।

क्लवका संस्थापक अध्यक्ष स्व.श्रीनारायण पियाको स्मृति र क्लवको स्थापना दिवसको अवसर पारेर सो रकम सहयोग गरिएको क्लवका सचिव सुरेश कुमार श्रेष्ठले जानकारी दिए । गरिब तथा निमुखा वर्गका आँखाका रोगीहरुको निःशुल्क उपचार गर्ने उद्देश्यले सो रकम सहयोग गरिएको सचिव श्रेष्ठले जानकारी दिए ।

क्लवका अध्यक्ष लायन केशवप्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेत्र ज्योति संघका केन्द्रीय सल्लाहकार लायन बामदेव खनाल, भरतपुर आँखा अस्पतालका चिकित्सक, कर्मचारी, लायनहरुलगायतको सहभागिता रहेको थियो । नारायणगढ लायन्स क्लव सन् १९८२ जनवरी १८ मा स्थापना भएको हो ।

यसैबीच नारायणगढ लायन्स क्लवका संस्थापकहरु लायन प्रभात कुमार जोशी र लायन कृष्णकुमार श्रेष्ठलाई सम्मान गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>