Breaking News

ओलीलाई तह लाउन सकिएन, साधारण सदस्यबाट निष्कासन गर्छौः नेता नेपाल

Banner

काठमाडौं,माघ ५-

प्रचण्ड-माधव नेतृत्वको नेकपाले आज प्रधानमन्त्री तथा विभाजित पार्टीका अध्यक्षा केपी शर्मा ओलीलाई साधारण सदस्यबाट निष्कासन गर्न अन्तिम स्पष्टीकरण माग्ने भएको छ । विभाजित समूहका अध्यक्ष माधव नेपालले सोमवार महिला संघको बैठकलाई सम्बोधन गर्दै आज अन्तिम स्पष्टिकरण पठाइने र त्यसपछि सदस्य पनि नरहने गरी निष्कासन हुने बताए ।

नेपालले भने-‘आजै अन्तिम स्पष्टीकरणपत्र पठाउँदैछौं । तपाईं सुध्रिनुभएन,पार्टीको विधान पालना गर्नुभएन,अनुशासन उल्लंघन गर्नुभयो । अध्यक्षबाट हटाएर केन्द्रीय सदस्यसम्म त राखेको थियौं अब झनै मैमत्त हुँदै जानुभयो । जे पायो त्यही बोलिरहनुभएको छ । अब तपाईंलाई तह लगाउने कुनै उपाय रहेन ।’

नेपालले ओलीलाई पार्टीको बहुमतले पनि तह लगाउन नसकेको र संविधानले पनि बाँध्‍न नसकेको भन्दै तानाशाहीको चरम सिमा नाघेको बताए । ओली सुध्रिने कुनै सम्भावना नरहेको भन्दै उनले मैमत्तकारी प्रवृतिको वाहक बनेको आरोप लगाए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>