नवलपुर

‘ब्ल्याक कफी विथआउट सुगर’को छायाङ्कन तीव्र

Banner

नवलपुर, माघ ५–

वेव सिरिज ‘ब्ल्याक कफी विथआउट सुगर’को छायाङ्कन तीव्र गतिमा अगाडि बढिरहेकोे छ । नवलपरासीबाट सुरु भएको फिल्मको छायाङ्कन लगभग ३५ दिन हुने निर्देशक अर्जुन कँडेलले बताउनुभयो ।

पछिल्लो समय महिलामाथि हुने गरेको दुव्र्यवहारलाई लिएर बनाइएको उक्त वेव सिरिजको छायाङ्कन चितवन, नवलपरासी, तनहूँ र पोखराका केही स्थानमा गरिने निर्देशक कँडेलले बताउनुभयो । डिटिएम मिडियाको ब्यानरमा बन्न लागेको वेव सिररिजको छायाङ्कन र सम्पादनको जिम्मा सतिश राई र दीपेन्द्र थापा मगरले लिनुभएको छ । वेव सिरिजले सामाजिक विषयवस्तुलाई उठान गरेको निर्देशक कँडेलले बताउनुभयो ।

प्रतिक सिग्देलको लेखनमा तयार हुने फिल्ममा प्रतिक सिग्देल, कल्पना न्यूरे, आरती सापकोटा, ऋषि थापा मगर, इश्वर लोहनी, राधिका भुसाललगायतको अभिनय रहनेछ । सिरिजको प्रोडक्सन म्यानेजर संजय देवकोटा रहनुभएको छ भने यसलाई फागुन २ वा भ्यालेन्टाईन डेलाई लक्षित गरी प्रदर्शन गरिने बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>