Breaking News

आफू नजिकका व्यक्तिलाई ओलीतिर लगाएर वामदेवले एकताको नाटक गरेः नेता नेपाल

Banner

बाँके,माघ ४-

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले पार्टी उपाध्यक्ष वामदेव गौतमले एकता अभियानको नाममा भ्रम फिँजाएको दाबी गर्नुभएको छ । नेपालगञ्जमा आइतवार आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षणमा अध्यक्ष नेपालले उपाध्यक्ष गौतमले आफू नजिकका व्यक्तिलाई ओलीतिर लगाएर एकताको भ्रम छर्न नाटक गरेको दाबी गर्नुभयो ।

उहाँले प्रधानमन्त्री ओलीले आफूलाई सत्तामा पुग्नका लागि पार्टी एकतालाई सिँढीको रूपमा मात्रै प्रयोग गरेको टिप्पणी गर्नुभयो । ओली अहिलेसम्म कम्युनिस्ट पार्टी एकताको अभियानमा सहभागी नभएको दाबी गर्दै अध्यक्ष नेपालले ओली तानाशाही बन्न खोजेको आरोप लगाउनुभयो । उहाँले विगतमा आफू र झलनाथ खनाल प्रधानमन्त्री हुँदा सामान्य समस्या आउँदा राजीनामा दिएको स्मरण गर्दै अहिले ओलीले पार्टीमा बहुमत गुमाएको अवस्थामा राजीनामा दिनु नै उत्तम हुने दाबी गर्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>