Breaking News

चितवनमा जग्गा देखाउन जाँदा बाटोमै बलात्कार

Banner

मनिका विश्वकर्मा

चितवन, माघ ३-

भरतपुरमा आफ्नै छोराबाट आमा बलात्कृत हुनुपरेको छ ।

भरतपुुर महानगरपालिका–१४ स्थित सुन्दरबस्तीमा अन्दाजी ३० वर्षीय पुरुषले आफ्नै आमालाई जबरजस्ती करणी गरेका हुन् । गत असार महिनाको ७ गते अत्यधिक मादक पदार्थ सेवन गरी फलामको हतियार देखाएर ती पुरुषले आफ्नै आमालाई जबरजस्ती करणी गरेको सरकारी वकिल कार्यालय चितवनले जनाएको छ । ती पुरुषलाई गत मंसिर ७ गते जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गरेको थियो । ती पुरुषलाई हाडनाताको मुद्दासम्बन्धी दफा २१९ (१)(२)(८) कसुर गरेको र दफा २२०(२)(क) बमोजिम थप सजाय रहेको वकिल कार्यालयले बताएको छ । उक्त मुद्दा अहिले चालु नै रहेको छ ।

त्यस्तै गत असोज १० गते ३५ वर्षीय महिलालाई ४३ वर्षीय सुन्दरकुमार केसीले भिडियो देखाइ दिने भनेर जबरजस्ती करणी गरेका थिए ।   केसीले ती महिलालाई पानीमा लठ्याउने कुरा राखेर बेहोस बनाएर जबरजस्ती गरेका थिए । महिलाले उक्त पुरुषलाई ४० लाख रुपैयाँ पैसा दिन बाँकी रहेको र पैसाको क्रममा जग्गा दिने भन्ने कुरामा मिलाप भएको थियो । महिलाले जग्गा देखाउन जाने क्रममा बाटोमा नै केसीले जबरजस्तीकरणी गरेको थियो । वकिल कार्यालयका अनुसार केसीले ती महिलालाई उजुरी दिए म्यासेज सबै देखाइ दिने भनेर धम्की समेत दिएको थियो । केसीलाई दफा २१९ उपदफा ३ को खण्ड (ङ) बमोजिमको सजाय हुने वकिल कार्यालयले जनाएको छ ।

यसैगरी युवतीलाई पनि गत वैशाख महिनामा एक पुरुषले जबरजस्ती करणी गरेका थिए । नयाँ वर्षको उपलक्ष्यमा भेटसँगै खाजा खाने प्रस्ताव राखेर ललाइफकाइ तथा करकाप गरी होटलमा लगेर ३५ वर्षीय पुरुषले ती युवतीलाई जबरजस्ती करणी गरेका थिए ।  ती पुरुष मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा(१), (२) र (३) को देहाय (ङ) बमोजिमको कसुर अपराध गरेको देखिएकोले प्रतिवादी ती पुरुषलाई सोही अनुसारको अभियोग गरिएको वकिल कार्यालयले जनाएको छ ।

चितवनमा पछिल्लो समय जबरजस्ती करणीका घटना बढ्दो क्रममा रहेका छन् । छ महिनामा मात्रै जबरजस्ती करणीसम्बन्धी ४१ वटा मुद्दा परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । जसमा ३९ जना पुरुष र दुई जना बालक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार जबरजस्ती करणीमा ३३, जबरजस्ती करणी उद्योगमा चार र बाल यौन दुरुपयोगमा चार वटा मुद्दा दर्ता भएको छ । त्यस्तै अघिल्लो आर्थिक वर्षमा जवरजस्तीकरणका ८४ वटा मुद्दा दर्ता भएका छन् ।

जिल्ला अदालत चितवनका स्रेस्तेदार ईश्वर आचार्यका अनुसार जबरजस्ती करणीका मुद्दामा बढी वयस्क उमेर समूहका देखिने गर्छन् । पछिल्लो समय १८ वर्ष मूनिका बालिकाहरु बढी पीडित रहने आचार्यले बताए । जबरजस्ती घटनामा पीडितलाई राहतको लागि राहत कोषमा जम्मा गर्नुपर्ने निमावलीले गर्दा पनि पीडितले राहत पाएको उनको भनाइ छ । यस्तै अधिवक्ता कृष्णप्रसाद पन्त भन्छन् ‘आफूले बहस गर्ने यस्ता घटनामा कतिपय मादक पदार्थले गर्दा जानकार नभएर करणी गरेको बताउँछन् ।’ हाडनाताका बढी घटनाहरु हुने जसमा नाबालक धेरै पीडित रहने पन्तले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>