Breaking News

चितवनका सातै पालिकामा काँग्रेसको विरोध सभा (फोटोफिचर)

Banner

चितवन, माघ ३–

नेपाली काँग्रेस चितवनले जिल्लाका सातै पालिकामा शनिबार विरोध सभा सम्पन्न गरेको छ । काँग्रेसको केन्द्रीय कार्यक्रम अनुसार सबै पालिकामा विरोध सभा सम्पन्न गरिएको हो ।

भरतपुर महानगरपालिकामा वरिष्ठ नेता रामचन्द्र पौडेलसहित अन्य पालिकामा केन्द्रयी तथा जिल्ला स्तरीय नेताहरुले सम्बोधन गरेका छन् । काँग्रेस चितवनको प्रदर्शनमा वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य महेश आचार्य, धनराज गुरुङ, डिला संग्रौलासहितका केन्द्रीय नेताहरुले सम्बोधन गर्नु भएको छ ।

राप्ती नगरपालिकाको भण्डारामा र रत्ननगरको बकुल्लहरमा आयोजित विरोध सभामा पूर्व मन्त्री समेत रहनु भएका केन्द्रीय सदस्य महेश आचार्यले सम्बोधन गर्नु भयो भने खैरहनीको पुरानो पर्सामा आयोजित सभामा केन्द्रीय सदस्य धनराज गुरुङले सम्बोधन गर्नुभयो ।

यस्तै कालिकाको भिमोदय चोक पदमपुरमा नेपाली काँग्रेस चितवनका सचिब उत्तम जोशीले सम्बोधन गर्नु भएको थियो । माडीको बसन्तपुरमा र ईच्छाकामनाको मुग्लिन बजारमा भएको सभालाई जिल्ला स्तरका नेताहरुले सम्बोधन गरेको काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

सरकारले संसद विघटन गरेको विषयलाई लिएर काँग्रेसले चरणवद्ध आन्दोलनको घोषणा गरेर जनतामाझ गएको हो । यसअघि काँग्रेसले जिल्ला स्तरीय, प्रतिनिधि सभा, प्रदेश सभा हुँदै पालिका तहमा विरोध सभा गर्न लागेको हो । सरकारको असंबैधानिक कदमको विरोधमा आन्दोलन गर्दै आएको काँग्रेसले माघ ८ गते जिल्लाको ९८ वटै वडामा विरोध प्रदर्शन गर्दैछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>