Breaking News
जसले जनता मारेर र कुटेर रुवाएको छ, अनि उसैलाई मैले हँसाए भनेर पीर परेको छः ओली

काठमाडौं,माघ ३-
प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण जनताको अनुहारमा मुस्कान ल्याउन चाहेको बताएका छन् । ओली समूहको नेकपा सम्पर्क कमिटी प्रदेश १ द्वारा आयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सम्पूर्ण जनताको अनुहारमा मस्कान ल्याउने गरी सरकारले काम गरिरहेको पनि बताए । किशोकिशोरी, युवायुवती, हाम्रा बाआमामा अनुहारमा मुस्कान ल्याउन चाहुन्छु । मजदुर किसानका अनुहारमा मुस्कान ल्याउन चाहुन्छु । त्यसलै हामीले थुप्रै काम गरिरहेका छौँ । बालबालिका चेहेरामा मुस्कान हुनुपर्छ । सरकारकारले अभिभावकको काम गर्नु पर्छ मैले भनेको छुु उनले भने ।
आफूले जनतालाई हसाउन खोज्दा पीर नगर्न उनले आग्रह गरेका छन् । उनले जनता रुवाइनले आफूले जनतालाई हसाउँन खोज्दा पीर मानेको बताए । मारेर पनि रुवाएको छ । कुटेर पनि रुवाएको छ । अनि मैले हँसाए भनेर पीर परेको छ । जोक्करै रहेछ । हसारै खतम पार्यो भन्छन् । नेपाली जनता हासेकोमा किन परेको होला अचम्म लाग्छ उनले भने ।
उनले रुवाउ खोज्नेले नकसेको र अब पनि नेपाली जनतालाई रुवाउन नदिने बताए । उनले जतनाले प्राप्त गरेका उपलब्धिलाई कसैको इसारा र स्वार्थका लागि प्रयोग गर्न निदिने बताए ।
























