Breaking News

प्रचण्ड-नेपाल प्रधानमन्त्रीको लागि लायक छैनन्,अबको प्रधानमन्त्री देउवाः बाबुराम भट्टराई

Banner

गोरखा,माघ २-

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले अब नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने दाबी गरेका छन्। जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्षसमेत रहेका भट्टराईले शुक्रबार गृहजिल्ला गोरखा पुगेका भट्टराईले पत्रकारहरूसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसमेत रिङआउट भइसकेकोले कांग्रेसको हातमा सत्ता जाने बताएका हुन्।

अदालतको फैसलाले ओलीलाई अब रिङआउट गर्छ। उनीजस्तो भष्मासुरलाई हुर्काउने प्रचण्ड(नेपालसमेत प्रधानमन्त्री पदका लागि लायक छैनन्। अब कांग्रेसको हातमा सत्ता जान्छ, देउवा प्रधानमन्त्री हुने अवस्था छ,’ उनले भने। नेकपा फुटेपछि जसपा चौथो दलमा पुग्ने पनि उनले बताएका थिए। चौथो दलले प्रधानमन्त्री दाबी गर्न नमिल्ने भट्टराईको भनाइ थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>