Breaking News
अध्यक्ष ओलीलाई साधारण सदस्यबाट निष्कासन गर्ने प्रचण्ड–माधव पक्षको निर्णय
०

काठमाडौं,माघ २-
नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव पक्ष)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधरण सदस्य समेत नरहने गरि कारबाही गरेको छ। शुक्रबार सकिएको स्थायी कमिटी बैठकले महासचिव विष्णु पौडेललाई समेत कारबाहीका लागि केन्द्रीय कमिटी समक्ष सिफारिस गरेको स्थायी कमिटी सदस्य गाणेश साहले जानकारी दिए।
यसअघि प्रचण्ड–माधव पक्षले ओलीलाई पार्टी अध्यक्षबाट मात्रै हटाएको थियो । महासचिव विष्णु पौडेललाई भने कुनै पनि कारबाही गरेको थिएन। दुई दिनदेखी जारी स्थायी कमिटी बैठकले माघ १६ गते राजधानीमा विशाल जनप्रदर्शन गर्ने निर्णय समेत गरेको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























