Breaking News
नेपाली सेयर बजारकै सबैभन्दा ठूलो आईपीओ खुला

काठमाडौं माघ,२
नेपालको सेयर बजारकै इतिहासमा सबैभन्दा ठूलो परिमाणको साधारण सेयरका रुपमा इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आइपीओ खुलेको छ।
मुलुकको पहिलो पूर्वाधार बैंकले ८ अर्ब रपैयाँ बराबरको ८ करोड कित्ता धितोपत्र प्रारम्भिक निष्कासनको बिक्री आजबाट थालेको हो । ८ करोडमध्ये १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ४ लाख कित्ता म्यूचअल फण्डका लागि जानेछ ।
बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ता साधारण शेयर भने सर्वसाधारणले खरिद गर्न सक्ने भएका छन् । यस बैंकको शेयर निष्कासन तथा बिक्री प्रवन्धको जिम्मा एनआईबीएल एस क्यापिटल्सले पाएको छ ।
सर्वसाधारणले १० देखि २ करोड कित्तासम्म आवदेन गर्न सक्ने भएका छन् । आवेदन दिन मिल्ने समय छिटोमा ६ माघ तोकिएको छ । उक्त अवधिसम्म तोकिए बराबर आवेदन नपरेमा भने पुनः समय थप हुन्छ । यो बैंकको साधारण सेयर आइपीओ भर्ने सबैले प्राप्त गर्नेछन् ।
नेपालमा डिम्याट खाता खोल्ने सबैले आवेदन दिएको अवस्थामा पनि यसको शेयर पर्ने निश्चित छ । यस बैंकको साधारण शेयर धेरै संख्यामा आवेदन पर्नेमा कीर्तिमान राख्न सक्ने सम्भावना समेत छ ।






















