Breaking News

कोरोनालाई बेवास्ता गर्दै देवघाटमा माघेसंक्रान्ति स्नान गर्न ओइरिए लाखौं भक्तजन (फोटोफिचर)

Banner

चितवन, माघ १-

पवित्र तीर्थस्थल देवघाटधाममा आज माघेसक्रान्तिको अवसरमा ‘मकर स्नान’ गर्नेको घुइँचो लागेको छ ।

हरेक वर्षजस्तै यस वर्ष पनि देवघाटमा भीड लागेको हो । यधपि कोरोना संक्रमणको विषम परिस्थितिका कारण विगत वर्ष भन्दा यस वर्ष ४० प्रतिशत भक्त्तजनको कमी आएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ ।

कालीगण्डकी र त्रिशूलीको संगम स्थल मानिने देवघाटमा हिजो रातिदेखि नै स्नान गर्नेको भीड लागेको छ । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरनबाबु घिमिरेले गएको ३६ घण्टामा झण्डै तीन लाख जना मकर स्नान गर्न आएको जानकारी दिए । यसपाली विगतभन्दा ४० प्रतिशतले भक्तजनको आगमनमा कमी आएको निर्देशक घिमिरेले बताए ।

 

कोरोनाको जोखिम कायमै रहेकाले मास्क, भौतिक दूरीलगायतका स्वास्थ्य सुरक्षा मापदण्डमा विशेष सचेतना अपनाउन आग्रह गरेको उनले बताए ।

देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले कालीगण्डकी र त्रिशूलीको संगमस्थल तथा धर्मशास्त्रमा देवघाटलाई तीर्थहरुको तीर्थ एवम् अन्य तीर्थलाई पनि प्रवित्र तुल्याउने उल्लेख गरिएकाले देवघाटमा माघे संक्रान्तिमा स्नान गर्नेको घुइँचो लाग्ने गरेको छ । माघे संक्रान्ति मेलामा देवताहरु पनि स्नान गर्न देवघाट आउने धार्मिक कथन रहेकै कारण पनि भक्तजनको घुइँचो लाग्ने गरेको अध्यक्ष पौडेलले बताए । फोटो : देवघाट क्षेत्र विकास समितिको फेसबुकबाट

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>