Breaking News

राष्ट्रिय योग दिवसमा प्रधानमन्त्री ओलीसहितले गरे बालुवाटारमा योगाभ्यास

Banner

काठमाडौँ माघ १–

राष्ट्रिय योग दिवस मूल समारोह समितिको आयोजनामा बिहीबार विशेष कार्यक्रम गरेर योग दिवस मनाइएको छ ।

‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने आदर्श वाक्यका साथ प्रधानमन्त्री निवास बालुवाटारमा मनाइएको दिवसमा प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीगण, उच्च कर्मचारी, योगगुरु, अभ्यासकर्ता, शिक्षाकर्मीलगायत सहभागी भए ।

दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ ।

कार्यक्रममा योगगुरु क्षितिज बराकोटीले योगाभ्यास गराए । योगगुरु आनन्द अरुणले विश्वमा योगाभ्यास बढ्दो हुँदै गएको र तीन करोडले दैनिक योग गर्ने गरेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>