Breaking News
देउवालाई प्रचण्ड-नेपालको प्रस्तावः ओलीलाई सिध्याउन केन्द्रदेखि प्रदेशसम्म मिलौं
०

काठमाडौं,माघ १-
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल समूहले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग केन्द्रदेखि प्रदेश सरकारसम्म सत्ता साझेदारीको प्रस्ताव राखेको छ ।
देउवालाई भेट्न प्रचण्ड र नेपाल वुधबार साँझ देउवा निवास पुगेका थिए । स्रोतका अनुसार, ‘उहाँहरुले प्रतिनिधि सभा पुनःस्थापनाका लागि संयुक्त संघर्ष गर्ने र संसद पुनःस्थापना भएमा सरकारमा सहकार्य गर्ने प्रस्ताव गर्नु भएको छ । साथै, केन्द्रमा मात्र होइन, प्रदेशमा पनि ओली पक्षलाई सिध्याउन सत्ता साझेदारीको प्रस्ताव छ ।’ भेटमा देउवाले अदालतले जे निर्णय गर्छ, त्यही मान्ने बताएका थिए । प्रचण्ड र नेपालको प्रस्तावका सम्बन्धमा देउवाले पार्टीमा छलफल गर्ने बताएको एक नेताले जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























