Breaking News

जनकपुर-जयनगर रेलः माघ अन्तिम साताबाट सञ्चालनमा आउने

Banner

जनकपुर,माघ १-

भारतबाट ८४ करोड ६५ लाख रूपैयाँको लागतमा नेपाल ल्याइएको दुई सेट रेल यही महिनाभित्र सञ्चालनमा आउने भएको छ। नेपाल रेल्वे कम्पनीले माघ अन्तिम साताबाट जनकपुर-जयनगर रेल सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिएको हो।

कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले माघ अन्तिमसम्ममा जनकपुर-जयनगर रेल सञ्चालनमा ल्याउने तयारी भएको बताए। उनले भने, “भारतबाट माघ १५ भित्रमा प्राविधिक टोली आउँदै छ। टोली आएपछि सञ्चालनमा आउँछ।” उक्त टोली नेपाल आएपछि असोज २ गते जनकपुर आइपुगेको पाँच महिनापछि बल्ल सञ्चालनमा आउने उनले बताएका हुन्।

नेपालको जनकपुरदेखि भारतको जयनगरसम्मको रूटमा चल्ने ब्रोडगेज रेल भारतको सरकारी कम्पनी कोनकन रेल्वेज कर्पोरेसन लिमिटेडले बनाएको हो। सञ्चालनमा आएपछि उक्त रेलले इन्जिनसहित ६ वटा बोगीमा एक पटकमा एक हजार २०० देखि एक हजार ३०० जनासम्म यात्रु बोक्न सक्छ। माघको अन्तिम सातादेखि सञ्चालनमा ल्याउन लागिएको रेल डिजेलबाट निस्कने बिजुलीबाट चल्छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>