Breaking News

ट्रम्पविरूद्ध लाग्यो दोस्रोपटक महाअभियोग

Banner

काठमाडौँ माघ १-

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि फेरि महाअभियोग लागेको छ ।

गएको हप्ताको बुधबार राजधानी वासिङ्गटन डिसीमा रहेको संसद भवनमा भएको हिंसाका लागि आफ्ना समर्थक ९केही हतियारसहितका० लाई उक्साएर बिद्रोह निम्त्याएको अभियोगमा ट्रम्पमाथि महाअभियोग लागेको हो ।

ट्रम्पमाथि सन् २०१९ को अन्तिममा शक्तिको दुरुपयोग तथा विदेशी शक्तिलाई आन्तरिक राजनीतिमा दखलका लागि प्रयोग गरेको आरोपमा महाअभियोग लागेको थियो ।

तल्लो सदनले महाअभियोग लगाए पनि माथिल्लो सदन सिनेटले त्यसलाई पारित गरेको थिएन र ट्रम्प सत्ताच्यूत हुनबाट जोगिएका थिए ।

अहिले उनीमाथि संसद भवनमा एक प्रहरी अधिकारीसहित पाँचजनाको ज्यान जाने गरि भएको हिंसात्मक आक्रमणका लागि उक्साएको अभियोगमा दर्ता भएको महाअभियोग प्रस्ताव तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभले पारित गरेको हो ।

स्थानीय समय अनुसार बुधबार भएको मतदानमा ट्रम्पलाई महाअभियोग लगाउने पक्षमा उनको पार्टी रिपब्लिकनका १० सांसदले पनि पक्षमा मतदान गरे ।

तल्लो सदनले महाअभियोगका पक्षमा २३२ तथा विपक्षमा १९७ मत परेको हो ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>