चितवन विशेष
कपडा व्यवसायी संघ नारायणगढमा कँडेलको नेतृत्व

चितवन, पुस २७–
कपडा व्यावसायी संघ नारायणगढमा गोकुलप्रसाद कँडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।
सोमबार भएको २३औ वार्षिक साधारण सभा तथा १२ औँ अधिवेशनले १० सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा गुणराज पौडेल, निरजकुमार श्रेष्ठ, महासचिवमा गोविन्दप्रसाद शिवाकोटी, कोषाध्यक्षमा दिलिप भट्टराई र सचिवमा राजाराम सिटौला निर्वाचित हुनुभएको छ । यस्तै सदस्यहरुमा कृष्ण धिताल, सुरेशकुमार गुप्ता, राजेशकुमार श्रेष्ठ र सुशान्त चाचान निर्वाचित हुनुभएको छ ।
साधारण सभा तथा अधिवेशन कार्यक्रममा महासचिव निरजकुमार श्रेष्ठले एक वर्षभित्र भएका क्रियाकलापको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष गोविन्दप्रसाद सिवाकोटीले वार्षिक आय–व्ययको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
साधारण सभामा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठ, उवासंघ चितवनका निवर्तमान अध्यक्ष तथा उद्योग वाणिज्य महासंघका सदस्य सहनलाल प्रधान, विभिन्न वस्तुगत संघका प्रतिनिधि, घर बहाल उपभोक्ता मञ्चका प्रतिनिधलगायतको उपस्थिति रहेको थियो । कपडा व्यवसायी संघ नारायणगढमा ८१ जना कपडा व्यवसायीहरु आवद्ध रहेका छन् ।
























