चितवन विशेष
राष्ट्रिय कलाकार उत्पादनमा नारायणी कलामन्दिरको भूमिका महत्वपूर्णः श्रेष्ठ

चितवन, पुस २७–
नारायणगढको नारायणी कला मन्दिरले ४५औँ वार्षिक साधारण सभा मनाएको छ । सोमबार आयोजित साधारणसभाका क्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठले नारायणी कला मन्दिरले राष्ट्रिय कलाकार उत्पादनमा महत्वपूर्ण योजना दिएको बताउनुभयो ।
कला मन्दिरको नृत्य र सांगीतिक कार्यक्रम गर्ने हल निर्माण गर्नुपर्ने भन्दै कला मन्दिरको पूर्व अध्यक्ष समेत रहनुभएका श्रेष्ठले आगामी वर्ष हुने चितवन महोत्सवबाट आएको आएको केही रकम सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । कला मन्दिरको प्रेक्षालय निर्माणका लागि सबै मिलेर सहयोग गर्नुपर्ने उहाँको भनाइ थियो । कार्यक्रममा पूर्वअध्यक्षको तर्फबट मन्तव्य राख्दै प्रभातकुमार जोशीले कला मन्दिरको यश र कृति देशभर फैलिएको भन्दै यसलाई अझै परिस्कृत गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा सचिवको प्रतिवेदन राख्दै अनुकुल श्रेष्ठले कला मन्दिरको सांस्कृतिक आदानप्रदानलाई निरन्तरता दिइने बताउनुभयो । उहाँले संस्थालाई चलायमान बनाउनका लागि एक करोड रुपैयाँ राशिको अक्षयकोष स्थापना गर्नुपर्ने भन्दै कोष स्थापनाका लागि एक लाख रुपैयाँ भन्दा बढी सहयोग गर्नेलाई वर्षेनि साधारणसभामा सम्मान गर्ने बताउनुभयो ।
कार्यक्रममा नारायणी कला मन्दिरका कोषाध्यक्ष सुवीर श्रेष्ठले आर्थिक वर्ष २०७४/०७५ को आयव्यय विवरण तथा आर्थिक वर्ष २०७६/०७७ को लेखा परीक्षकको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
साथै उहाँले चालु आर्थक वर्ष २०७७/७८ को अनुमानित आयव्यय विवरण समेत प्रस्तुत गर्नुभएको थियो । नारायणी कला मन्दिरका अध्यक्ष उद्धव जोशीको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष अमरदेव प्रधानले स्वागत मन्तव्य राख्नुभएको थियो ।
























