चितवन विशेष

वरिष्ठ समाजसेवी टंकनाथ पौडेल सम्मानित

Banner

चितवन, पुस २७–

वरिष्ठ समाजसेवी एवंम युवा नेता टंकनाथ पौडेल सम्मानित हुनु भएको छ । मैयाँदेवी मार्ग नारायणगढमा रहेको श्री गणेश बजार व्यवस्थापन समितिले समाजसेवी पौडेललाई सोमबार सम्मान गरेको हो ।

संस्थाको पाँचौँ वार्षिक साधारण सभा एवं तेस्रो अधिवेशनको अवसरमा पूर्व सल्लाहकार संयोजकको पदमा रही व्यवसायिक हकहितका लागि प्रत्यक्ष/अप्रत्यक्ष रुपमा अतुलनीय योगदान पु¥याउनु भएकोमा समाजसेवी पौडेललाई दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि उद्योग वाणिज्य संघ–चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ र संस्थाका अध्यक्ष अरुण बरालले समाजसेवी श्रेष्ठलाई सम्मान गर्नुभएको हो ।

सो क्रममा बोल्दै समाजसेवी एवं नेपाली काँग्रेसका युवा नेता पौडेलले मैयाँदेवी मार्गमा प्रवेश गर्ने स्थानमा गेट निर्माण र सिसि टिभी जडानका लागि आर्थिक सहयोगको घोषणा समेत गर्नुभएको छ । पौडेलले स्वागत गेट निर्माणको अग्रसरता लिन बजार व्यवस्थापन समितिलाई आग्रह गर्दै गेट निर्माणका लागि एक लाख र सिसि टिभी जडानका लागि २५ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको हो ।
उहाँले सो क्षेत्रमा पार्किङको समस्या देखिएकाले त्यसको समाधानका लागि छिट्टै छलफल गरेर अघि बढ्ने बताउनुभयो । उहाँले स्वच्छ, सफा र हराभरा बनाउने गरी बजारलाई व्यवस्थित रुपमा अघि बढाउन आग्रह समेत गर्नुभयो । यस्तै फरक प्रसंगमा युवा नेता पौडेलले भ्रष्टचार र आर्थिक अपरादर्शिताका कारण देश विकास हुन नसकेको बताउनुभयो ।

आफ्नै टोलमा पनि पीच सडक निर्माण गर्दा भ्रष्टचार हुने गरेको उदाहरण दिँदै यसैका कारण देश झन बर्बाद हुन थालेको बताउनुभयो । समाजसेवी र जनताको सेवाका लागि काम गर्छु भन्ने मान्छेहरु नै तलब खाने गरेको भन्दै आफूले कहिल्यै पनि त्यस्तो काम नगर्ने प्रतिवद्धता जनाउनुभयो । ‘जुनसुकै तलब आउने स्थानमा म पुगे पनि तलब नलिने बाचा गरि सकेको छु, देवघाट क्षेत्र विकास समितिको कार्यकारी निर्देशक र अध्यक्ष हुँदा पनि मैले एक पैसा तलब लिइनँ’–पौडेलले भन्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>