चितवन विशेष
भरतपुर कारागार भेटघाटका लागि खुला
०

चितवन, पुस २७–
कोराना कहरका कारण बन्द गरिएको भरतपुरको कारागारमा कैदीबन्दी भेटघाट शुरु गरिएको छ ।
कोरोना महामारी नियन्त्रणका लागि सरकारले गरेको लकडाउन र निषेधाज्ञासँगै गत चैत ७ गतेदेखि बन्द गरिएको भेटघाटलाई यही पुस २६ गतेदेखि खोलिएको कार्यालयका प्रमुख काफ्लेले जानकारी दिनुभयो ।
कैदीबन्दी भेट्नका लागि बिहान १०ः३० बजेदेखि साँझ अपराह्न ४ः०० बजेसम्मका लागि समय छुट्याइएको उहाँले जानकारी दिनुभयो । भेटघाटमा आउनेले अनिवार्य मास्क लगाउनुपर्ने, सामाजिक दूरी कायम गरिनुपर्नेलगायतका सावधानी अपनाउनुपर्ने छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























