Breaking News

चितवनको चर्तुमुखी सामुदायिक वनमा बाघ मृत भेटियो

Banner

चितवन, पुस २७-

चितवनको कालिका नगरपालिकाको चतुर्मुखी सामुदायिक वनमा आज पाटेबाघ मृत फेला परेको छ ।

आज दिउँसो १ बजे कालिका नगरपालिका–१ स्थित कागती घारी भन्ने ठाउँमा पोथी पाटे बाघ मृत अवस्थामा फेला परेको जिल्ला वन कार्यालयले जानकारी दिएको छ । मृत बाघको पोस्टमार्टमका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा पठाइएको छ । साथै घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको वन कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>