Breaking News

राप्रपा चितवनले भन्यो: राजसंस्थाले मात्रै देश जोगाउँछ

Banner

भरतपुर, पुस २७-

राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसर पारेर चितवनमा झाँकीसहितको पदयात्रा निकालिएको छ ।

केन्द्रीय बस ट्रमिनलबाट निस्केको पदयात्रा हाकिमचोक–चौबिसकोठी–मालपोत चोक–हुलाकचोक हुँदै पुनः बस ट्रमिनल पुगेको थियो । पदयात्रामा राजसंस्था, हिन्दूराष्ट्रको पक्षमा नारा लगाइएको थियो । पदयात्रामा थारु, तामाङ, मगरलगायतका जातजातिको सांस्कृतिक झाँकी निकालिएको थियो ।

पञ्चैबाजाको समूहसमेत पदयात्रामा सहभागी बनेको थियो । राप्रपा चितवनले गरेको सो कार्यक्रममा विभिन्न धार्मिक संघसंस्था तथा राष्ट्रवादी समूहले एक्यबद्धता जनाएका थिए । बस ट्रमिनलमा भएको पृथ्वीजयन्ती सभामा राप्रपाका केन्द्रीय सदस्य तथा वाग्मती प्रदेश सांसद रिना गुरुङले चितवनबाटै राजसंस्थाको पक्षमा बिगुल फुक्ने कामको सुरुवात भएको बताइन् । ‘पृथ्वीनारायण शाहले एक गरेर बनाएको सुन्दर नेपाललाई सात चिरा पार्ने काम भएको छ’, उनले भनिन्, ‘जनताले करको भार, गरिबी पाए, चमात्कारिक विकास पाउन सकेनन्, अब राजसंस्थानै उचित विकल्प हो ।’

उनले विभिन्न दलका नेताले राष्ट्रिय स्वाभिमान गिराउने गरी छिमेकी राष्ट्र समक्ष शीर झुकाउँदै आएकाले राष्ट्रको रक्षाका लागि राजसंस्थानै चाहिएको बताइन् । ‘हिन्दूराष्ट्र र राजसंस्था कायम गर्न जस्तोसुकै आन्दोलन गर्न तयार छौँ’, उनले भनिन्, ‘सरकारले फेरि पनि सुनोस्, राजसंस्था कायम गर ।’ राप्रपाका वाग्मती प्रदेश सदस्य ज्ञानजंग लामाले पृथ्वीनारायण शाहले एकीकरण गरेको देशलाई भागबण्डा गरेर खाने प्रवृत्ति विरुद्ध जनता जागेको बताए ।

राप्रपा चितवनका अध्यक्ष रुद्रप्रसाद ढकालले गणतन्त्रप्रति जनतामा आएको वितृष्णाको बेगले राजसंस्थालाई स्थापित गर्ने दाबी गरे । शाही शक्ति नेपाल भरतपुरका अध्यक्ष सहुलमियाँ अन्सारीले पृथ्वीनारायण शाहले रगत पसिनाले जोगाएको देशलाई राष्ट्रवादी शक्तिलेमात्रै जोगाउन सक्ने विचार राखे । प्रमुख वक्ताका रुपमा राप्रपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री विक्रम पाण्डे सहभागी हुने भनिए पनि प्रतिकुल मौसमका कारण आउन नसकेको राप्रपा चितवनका प्रवक्ता राजु भण्डारीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>