खेलकुद

ब्रह्मपुर डोजोका ३५ खेलाडीको गरियो ग्रेडिङ

Banner

चितवन, पुस २६–

नेपाल कराँते महासंघ तथा नेपाल सितेरियो कराँते संघ चितवनअन्तर्गत ब्रह्मपुर डोजोका खेलाडीहरुको ग्रेडिङ गरिएको छ ।

बागमती प्रदेशमा पूर्व वरिष्ठ प्रशिक्षक गगन लामाको विशेष उपस्थितिमा उक्त डोजोका ३५ जना खेलाडीको ग्रेडिङ गरिएको हो ।

उक्त ग्रेडिङमा पुरुषतर्फ अंकित गुरुङ र महिलातर्फ दिया रिमाल उत्कृष्ट खेलाडी घोषित भएका छन् । उत्कृष्ट बनेका खेलाडीहरुलाई गरिमा टोल विकास संस्था भरतपुर–१६ का अध्यक्ष दण्डपाणि गौतम तथा गरिमा पार्क व्यवस्थापन समिति भरतपुर–१६ का अध्यक्ष अर्जुन गौतमले प्रमाणपत्र प्रदान गरेको ब्रह्मपुर डोजोका सचिव चित्रबहादुर रानामगरले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>