खेलकुद

नारायणी किनारमा सेभेन ए साइड फुटबलः आइतबार ६ खेल सम्पन्न

Banner

चितवन, पुस २६–

चितवनको नारायणगढस्थित नारायणी नदी किनारमा जारी प्रथम सेभेन ए साइड फुटबल प्रतियोगिता अन्तरगत आज (आइतबार) ६ खेल सम्पन्न भएका छन् ।

आइतबारको पहिलो खेलमा नयाँ बस्ती क्लव विजयी भएको छ । नयाँबस्तीले ट्राइबेकरमा गोर्खालीलाई ३–२ गोल अन्तरले पराजित गर्न सफल भएको हो । निर्धारित खेलमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल ट्राइबेकरमा धकेलिएको थियो ।

यस्तै दोस्रो खेलमा बुद्ध फुटबल क्लव विजयी भएको छ । बुद्धले गैंडाखोलालाई २–१ गोल अन्तरले पराजित गर्न सफल भएको हो ।

त्यस्तै तेस्रो खेलमा भरतपुर–९ ले यात्रा फुटबल क्लवलाई १–० ले पराजित गरेको छ । आइतबार नै भएको चौथो खेलमा बसन्तपुर विजयी भएको छ । बसन्तपुरले ढोडेनीलाई ट्राइबेकरमा ४–३ गोल अन्तरले पराजित गरेको हो । निर्धारित खेलमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल ट्राइबेकरमा धकेलिएको थियो ।

पाँचौं खेलमा रामनगर विजयी भएको छ । रामनगरले गीतानगरलाई २–१ गोल अन्तरले पराजित गर्न सफल भयो । यस्तै आइतबारको अन्तिम खेलमा चितवन ब्याम्बो लज विजयी भएको छ । चितवन ब्याम्बोले गडुवा फुटबल क्लवलाई २–१ ले पराजित गर्न सफल भएको हो ।
प्रतियोगिता अन्तरगत शनिबार चार खेल सम्पन्न भएका थिए ।

सर्वश्रेष्ठ नारायणी एकता क्लव भरतपुर–१ को आयोजनामा सुरु भएको प्रतियोगिता माघ २ गतेसम्म चल्ने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>