चितवन विशेष

चनौली शीत भन्डारको अध्यक्षमा सूर्यमणि

Banner

चनौली,पुस २६-

पश्चिम चितवनको चनौली शीतभण्डार सहकारी संस्था लिमिटेडको आठौँ वार्षिक साधारणसभा एवं तेस्रो अधिवेशनबाट सूर्यमणि पौडेल अध्यक्षमा नयाँ कार्यसमिति चयन भएको छ ।

भरतपुर–१८ मा रहेको सहकारीको शनिबार सम्पन्न साधारणसभाले कार्यसमितिको उपाध्यक्षमा पुरुषोत्तम कमल ढकाल, सचिवमा भानुभक्त कँडेल, कोषाध्यक्षमा ,भू–देवी बराल, सह सचिवमा मित्र बन्धु चापागाई तथा सदस्यहरुमा जगन्नाथ कँडेल, श्रीप्रसाद कोइराला, ध्रुवराज मिश्र, मुना सुवेदी, पूर्ण बहादुर गुरुङ, मेनका रायमाझीलाई निर्वाचित गरेको छ । अधिवेशनबाट लेखा समितिमा चन्द्रकान्त भट्टराईको संयोजकमा मुना गुरुङ र पुजन कोइराला निर्वाचित हुनुभएको छ ।

पुस २२ गतेदेखि सुरु भएको वार्षिक साधारणसभा एवं अधिवेसनलाई निर्वाचन समितिका सदस्य चक्र प्रसाद चापागाईले सहजीकरण गर्नु भएको थियो । सहकारीमा हाल ४०८ जना सेयर सदस्यहरु रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>