चितवन विशेष

हिंसाविरुद्धको अभियानमा सदैव प्रतिवद्ध छुः पूर्व महानिरीक्षक खनाल

Banner

चितवन, पुस २५–

पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आदर्श नारी विकास केन्द्र तथा आदर्श गृह नेपालले सञ्चालन गरिरहेको महिला हिंसाविरुद्धको राष्ट्रिय अभियानमा आफु सदैव साथमा रहेको बताउनुभएको छ ।

शनिबार आदर्श गृह नेपालको अवलोकनका क्रममा चितवन आउनुभएका खनालले हिंसाविरुद्धको अभियानमा आफु संरक्षक भएर सधै सहयोग गर्ने बचनबद्धता व्यक्त गर्नुभयो ।

उहाँले सामाजिक एवं मानवीय सेवामा संस्थाले पुर्याएको योगदानको उच्च प्रसंसा गर्नुभयो । संस्थाका संरक्षक एवं अध्यक्ष वरिष्ठ महिलाअधिकारकर्मी मीना खरेलले, खनालको उपस्थितीले हिंसाविरुद्धको अभियानमा अर्को इट्टा थपिएको महसुस भएको बताउनुभयो । उहाँले खनालको साथले आगामी दिनमा महिलामाथि हुने अपराध, हिंसा र घटना न्युनिकरणमा सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपालभरी सञ्जाल विस्तारको क्रममा रहको यस संस्थाले विगत ३० वर्षदेखि अनवरत रुपमा असहाय, अनाथ, बालबालिकाको संरक्षण गर्नुका साथै घरेलु हिंसा, मानवबेचविखन, जवरजस्तीकणी, द्धन्द्ध लगायतबाट प्रभावित बनेका महिलाहरुका न्यायका लागि काम गर्दै आएको छ ।

अवलोकनमा खनालसंगै नागरिक समूहका अध्यक्ष निगम हुमागाई, सामाजिक अभियन्ता हिमाल उपाध्याय समेत हुनुहुन्थ्यो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>