Breaking News

संसद विघटन मुद्धामा सर्वोच्चको फैसला अनुरुप अघि बढ्छौंः नेता रिजाल

Banner

चितवन, पुस २५–

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवंम पूर्वमन्त्री डा.मिनेन्द्र रिजालले संबिधानलाई कुनै हालतमा काम नलाग्ने अवस्थामा पुग्न नदिने बताउनु भएको छ ।

प्रतिनिधि सभा विघटनको विरुद्धमा नेपाली काँग्रेस चितवन क्षेत्र नं. १ (ख ) को आयोजनामा आज (शनिबार) रत्ननगरको बकुलहरमा भएको विरोध सभालाई सम्बोधन गर्दै नेता रिजालले वर्तमान नेकपाको सरकारले संविधानमाथि नै प्रहार गर्न उद्धत रहेको भन्दै कुनैपनि हालतमा संविधानलाई काम नलाग्ने अवस्थामा पुग्न नदिने बताउनुभयो । ‘जनताप्रति अनुत्तरदायि शासकको शैलीमा संविधानमाथि प्रहार भएको छ, जनता त्यसैकोविरुद्धमा सडकमा उत्रिन बाध्य भएको हो’–नेता रिजालले भन्नुभयो ।

संविधान, व्यवस्था र कानुन नमान्ने हिटलर स्वभावका प्रधानमन्त्री केपी शर्मा ओलीलाई अब जनताले समेत नमान्ने भन्दै नेता रिजालले प्रधानमन्त्री ओलीलाई सिंहदरबारबाट थुतेर निकाल्ने चेतावनी दिनुभयो ।

संसद विघटनको मुद्धा सर्वोच्च अदालतमा पुगेकाले यसको छिनोफानो अदालतबाटै हुने नेता रिजालको भनाइ छ । ‘सर्वोच्च अदालतको फैसलालाई नै हामी सिरोपर गर्नेछौं, काँग्रेसले सधै विधि, विधान र कानुनको विश्वास गर्ने पार्टी हो’–नेता रिजालले भन्नुभयो ।

क्षेत्रीय सभापति सुजन थापाको अध्यक्षतामा भएको बिरोध सभामा पूर्व शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी, नेपाली काँग्रेस चितवनकी प्रवक्ता निता ढकाललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

क्षेत्रीय सचिव डन्डपाणि लामिछानेले स्वागत मन्तव्य राखेको कार्यक्रममा पूर्व मन्त्री साबित्री बोगटी पाठक, पूर्व सांसद सावित्री चौधरी, नेता राजेन्द्र बुर्लाकोटी, क्षेत्र न १ का सभापति राजु सिलवाल, महासमिति सदस्य गीता देबकोटा, नेताहरु उत्तम आचार्य, काँग्रेस रत्ननगरका नगरसभापति रुपनराज घिमिरे, खैरहनी नगरसभापति शशी खनियाँलगायतको उपस्थिति रहेको थियो । विरोध सभा अघि टाँडी चोकबाट शुरु भएको ¥याली बकुलहर चोकमा पुगेर विरोध सभामा परिणत भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>