खेलकुद

चितवनमा ‘प्रथम खिचरा कप व्याडमिन्टन प्रतियोगिता’ हुने

Banner

चितवन, पुस २५–

चितवनमा प्रथम खिचरा कप जिल्लास्तरीय व्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।

थारु युथ स्पोर्ट चितवन, नेपालको आयोजनामा आउँदो माघ ३ गते प्रतियोगिता आयोजना गर्न लागिएको हो । ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ एक दिने प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक संस्थाका संयोजक धनवीर चौधरीले जानकारी दिए ।

पूर्वीचितवनको रत्ननगर नगरपालिका–डेबौलीस्थित व्याडमिन्टन कोर्टमा प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगितामा सहभागिता जनाउनका लागि प्रवेश शुल्क २ हजार रुपैयाँ तोकिएको छ । प्रतियोगिताको विजेताले २५ हजार र उपविजेताले १५ हजार रुपैयाँ प्राप्त गर्ने संयोजक चौधरीले जानकारी दिए ।

चितवनमा पछिल्लो समय व्याडमिन्टनप्रति युवाहरुको आकर्षण बढ्दो क्रममा छ । युवाहरुलाई अझै खेल र स्वास्थ्यप्रति सजग गराउन प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने आयोजकले विश्वास लिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>