Breaking News

देउवाले कार्यकर्तालाई सम्बोधन गर्दै भने: चुनावमा जाँदा के बिग्रन्छ ?

Banner

काठमाडौँ, पुस २५-

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले अदालतको निर्णय स्वीकार गर्ने बताएका छन्। प्रतिनिधिसभा विघटनको मुद्दा अदालतमा विचाराधीन रहेको भन्दै देउवाले अहिले यो गर, उ गर भन्न नहुने भन्दै यस्तो बताएका हुन्।

प्रतिनिधिसभा विघटनको विरोधमा काठमाडौ–५ मा कांग्रेसले गरेको प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् । ‘हामीले अदालतको निर्णय पर्खिनुपर्छ। अदालतको निर्णय कांग्रेसले मान्छ’, देउवाले भने, ‘सर्वोच्चभन्दा ठूलो अदालत जनता हो। जनतामा जाँदा के बिग्रन्छ ?’

देउवाले सर्वोच्च अदालतले मध्यावधि चुनावमा जाने विषयमा निर्णय लिए कांग्रेस चुनावमा जाने भन्दै यस्तो बताएका हुन्।

यद्यपी देउवाले प्रधानमन्त्री केपी ओलीले चुनाव गराउने विषयमा भने शंका व्यक्त गरे। देउवाले चुनाव नगराए सबै मिलेर सडकबाटै फाल्ने चेतावनीसमेत दिए। उनले त्यो अवस्थामा मुलुक पुगे ओलीलाई देशमा बस्न नै गाह्रो हुने बताए।

‘ओलीले चुनाव गराएनन् भने सबै मिलेर सडकबाटै ओलीलाई फाल्छौँ’, देउवाले भने, ‘त्यसबेला उनलाई देशमा बस्न गाह्रो हुनेछ।’

देउवाले अदालतले चुनावमा जाने निर्णय लिए सबैले भाग लिँदा प्रचण्डहरु पनि चुनावमा सहभागी हुने बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>